अनलाइनबाट कसरी लिने नेपाल टेलिकमको ई-सिम ?

eSim
Updates

अनलाइनबाट कसरी लिने नेपाल टेलिकमको ई-सिम ?

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप र वेबसाइटबाट ई-सिम वितरण गर्न थालेको छ । यसअघि ई-सिम लिनका लागि टेलिकमको कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । अब भने अनलाइनबाट ई-सिम सक्रिय गर्न सकिनेछ । यस्तो छ ई-सिम लिन सकिने प्रक्रिया:

मोबाइल एप डाउनलोड गरिसक्नु भएको छ भने यसरी लिनुहोस् ई-सिम

  • सबैभन्दा पहिले नेपाल टेलिकमको मोबाइल एप खोल्नुहोस् । (यो पहिले नै एप डाउनलोड गरिसकेकाहरूको हकमा लागु हुन्छ । यदि एप डाउनलोड गर्नु भएको छैन भने तपाईंका लागि तल अर्को प्रक्रिया छ ।)
  • याद गर्नुहोस्, तपाईंको सिममा न्यूनतम ब्यालेन्स भने ५० रुपैयाँ हुनुपर्छ ।
  • त्यसपछि होमपेजमा देखिएको ई-सिमको अप्सनमा जानुहोस् । 

यति गरेपछि तपाईं ई-सिमका लागि टेलिकमले तयार पारेको वेबसाइटमा पुग्न सक्नुहुन्छ । यदि सोझै उक्त वेबसाइटमा जान चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्:

यति गरेपछि सबै विवरण ठीक छ भने टेलिकमले उक्त पेजमा क्यूआर कोड पठाइदिन्छ । तपाईंले ई-सिम सपोर्ट गर्ने डिभाइसबाट क्यूआर कोड स्क्यान गर्नुभयो भने ई-सिम एक्टिभेट हुन्छ र तपाईंको भौतिक सिम डिएक्टिभेट हुन्छ ।

अनि मोबाइल नम्बर लेखेको बक्समा ई-सिममा रुपान्तरण गर्नुपर्ने मोबाइल नम्बर राख्नुहोस् । 

र, सेन्ड ओटीपीको बटनमा क्लिक गर्नुहोस् । 

यति गरेपछि तपाईंको मेसेजमा ओटीपी कोड आउँछ । अनि ‘इन्टर सिक्स डिजिट कोड’ (Enter 6-digit code) लेखेको बक्समा ओटीपी कोड राख्नुहोस् । 

त्यसपछि नयाँ पेज खुल्छ । उक्त पेजको दोस्रो अप्सनमा नागरिकता नम्बर राख्न भएको हुन्छ । तपाईंले सिम जुन नागरिकताबाट निकाल्नु भएको हो, त्यही नागरिकताको नम्बर टाइप गर्नुहोस् ।

र, अन्तिमको बक्समा नागरिकता जारी भएको जिल्ला छान्नुहोस् ।

यति गरेपछि अन्तिममा रहेको ‘भेरिफाई माई डिटेल्स’ (Verify My Details) को अप्सनमा ट्याप गर्नुहोस् । 

स्रोतः टेकपाना डट कम

Leave your thought here

Your email address will not be published. Required fields are marked *

Alert: You are not allowed to copy content or view source !!