रियलमी सी ६३ को नयाँ भेरियन्ट नेपाली बजारमा‚ १ मिनेट चार्जमा एक घण्टा कल गर्न सकिने
रियलमी सी ६३ को नयाँ भेरियन्ट नेपाली बजारमा‚ १ मिनेट चार्जमा एक घण्टा कल गर्न सकिने
काठमाडौं । नेपाली बजारमा ‘रियलमी सी ६३’ को ८/१२८ जीबी भेरियन्ट सार्वजनिक भएको छ । ४५ वाट सुपरभोक चार्जिङ सिस्टमयुक्त फोनबाट एक मिनेटको चार्जमा एक घण्टा कल गर्न सकिने कम्पनीको दाबी छ ।
स्लिम डिजाइनमा आएको यस मोडेलबारे रियलमी नेपालकी ब्रान्ड म्यानेजर काजोल झा भन्छिन्‚ “हामी नेपाली बजारमा रियलमी सी ६३ को यो भेरियन्ट ल्याउन पाउँदा निकै उत्साहित छौँ । यो स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।’’ फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ को एचडी डिस्प्ले रहेको छ भने ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । ३८ दिनको स्ट्याण्ड बाइ टाइम भएको रियलमी सी ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टासम्म फोनमा कुरा गर्न सकिने छ ।
कम्पनीको आफ्नै ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको फोन चार वर्षसम्म ह्याङ नभइ चल्ने कम्पनीको दाबी छ । अक्टाकोर चिपसेट राखिएको फोनमा ८ जीबीको डाइनामिक र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज उपलब्ध छ । यस फोनमा ५० मेगापिक्सेलको एआईयुक्त मुख्य क्यामेरा पाउन सकिन्छ । साथमा ८ मेगापिक्सेलको सोनी आईएमएक्स ३५५ अल्ट्रा–वाइड लेन्स समेत दिइएको छ । यसमा नाइट मोड‚ म्यानुअल मोड‚ पानोरामा‚ पोट्रेट मोड‚ टाइम–ल्याप्स‚ स्लो मोसन‚ क्यूआर कोड र गुगल लेन्स जस्ता फिचर समावेश छन् ।
फोनमा एआई बुस्ट प्रविधि समेत उपलब्ध भएकाले गेमिङ र मल्टिटास्किङलाई थप प्रभावकारी बनाउने बताइएको छ ।
प्रयोगकर्तालाई उत्कृष्ट अडिओ अनुभव प्रदान गर्न २०० प्रतिशत क्षमताको अल्ट्रा बुम स्पिकर उपलब्ध छ । भने‚ वन–माइक नोइज क्यान्सिलेसन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडिओ क्वालिटी राम्रो रहेको कम्पनीको तर्क छ । प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न रियलमी सी ६३ मा एयर जेस्चर प्रविधि उपलब्ध गराइएको छ । जसले प्रयोगकर्ताहरूलाई फोन नछोइकनै कल उठाउन वा सामाजिक सञ्जालमा ब्राउज गर्न सक्ने सुविधा प्रदान गर्दछ । जेड ग्रीन र लेदर ब्लु कलरमा नेपाली बजारमा उपलब्ध भएको यो फोनको मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ ।
स्रोतः टेकपाना डट कम